सुर्खेत ,असोज २८
गुर्भाकोट नगरपालिका भित्र बिभिन्न सामाजिक सेवा र सचेतनामुलक काम गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा असोज २५ गते देखि कात्तिक ३ गते सम्म गुर्भाकोट नगरपालिकाका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गर्ने क्रममा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ सिटि हलमा निशुल्क कान स्वास्थ्य शिविर संचालन गरेको छ।

निशुल्क शिविरमा ८७ जना पुरुष र १४३ जना महिला गरि २३० जनाले सेवा लिएको गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ। ब्रिनोज कान स्वास्थ ब्रिनोज काँन स्वास्थ्य सेवा फुल्टेक्रा नेपालगंज बाट डाक्टरको टिमले शिविरमा चेकजाँच गरेको थियो। घर नजिकै निशुल्क सेवा लिन पाउदा स्थानीयले खुसि ब्यक्त गरेका थिए।

































