असोज २६, सल्यान
सल्यानको शारदा नगरपालिकामा रोकिराखेको ट्रयाकटरले किच्दा ५ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय सल्यानका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर ४ लामाडाडा टोलका देब बहादुर चन्दका ५ बर्षिय छोरा दिपशन चन्द रहेका छन् । आज (शुक्रबार) दिउसो ३ः३० बजे घर अगाडी पार्किङ गरि राखेको रा १ त २८६२ नम्बरको ट्रयाकटरमा खेल्ने क्रममा पछाडीको टायरले किच्दा दिपशन चन्दको घटना स्थलमै मृत्यु भएको प्रहरी निरिक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
मृतकका बुवाको नाममा रहेको ट्रयाकटरमा घरमा बच्चा बच्ची सोही खेल्ने क्रममा पछाडी ब्याक हुँदा उक्त घटना भएको उहाँले बताउनु भयो । ट्रयाकटर प्रहरीको नियन्त्रमा लिइएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पलामा सल्यानमा राखिएको प्रहरी निरिक्षक धमलाले बताउनु भयो ।
































