भेरीगंगा, असोज २६
२०७४ सालको स्थानिय तहको निवाचनमा भेरिगंगा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेद्वार बनि निर्वाचित भएका वडा अध्यक्ष नन्द बहादुर बुढाको निधन भएको छ। वीरेन्द्रनगरमा बस्दै आएका बुढाको शुक्रबार विहान उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। नेपाली कांग्रेस साबिक लेखपराजुलका हाबिसका पूर्व पार्टी सभापति समेत रहेका बुढा केही बर्षदेखि क्यान्सरबाट ग्रसित हुनु हुन्थ्यो । बुढाको निधनले नेपाली कांग्रेस भेरीगंगा नगरकार्यसमिति सुर्खेतलाई अपूरणिय क्षति पुगेको नगर सभापति रामबहादुर सिँहले बताउनुभयो । स्वर्गीय बुढा श्री जनज्योति माबि काल्पानीका भुपु बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुनुहुन्थ्यो ।
































