नेपालगञ्जमा २६ ,
बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वीपीचाेकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएकाे छ । विद्युत् चुहावट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनु भयो। अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाे उहाँले बताउनु भएकाे छ। आगलागी हुदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलकाे सामान जलेर नष्ट भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगाे निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयाे ।
































