असोज २५ ,सल्यान
सल्यानको कालिमाटी गाँउपालिकामा बिजयादशमी, दिपावली तथा छट पर्व २०८० को सुभकामना आदानप्रदान गरिएको छ। सुभकामना आदान प्रदान कार्यक्रम सँगसँगै नजिकिदै गरेको चाडपर्वको अवसरमा हुन सक्ने सम्भावित दुर्घटनालाई कसरि अन्त्य गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको छ कालिमाटी गाँउपालिका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो । साथै सोहि कार्यक्रममै चाडपर्वमा सुव्यवस्था कायम गर्ने,चाडपर्वमा चड्किलो भड्किलो कम गर्ने र अराजक गतिविधि कसरि नियन्त्रण गर्ने लगाएतका बिषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय कालिमाटीका प्रमुख,लुहाम प्रहरी चौकीका ईन्चार्ज, राजनीतिक दलका प्रतिनिधि ,७ वटै वडाका वडा अध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य, ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल ,पालिकामा कार्यरत कर्मचारी ,बुद्धिजिवि,समाजसेवी लगाएतको उपस्थिति रहेको थियो।
































