सुर्खेत असोज २४
सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भएको स्पाइनल इन्जुरी संघ सुर्खेतको प्रथम साधारण सभाबाट मदन कार्कीको नेतृत्वमा नयाँ कार्यसमिती गतना गरिएको छ। जसको उपाध्यक्षमा याम बहादुर सुनार,सचीवमा धर्मराज रावल,कोषाध्यक्षमा बिष्णु कुमारी शाही चयन भएका छन्। यस्तै सदस्यहरमा पार्बती थापा, शान्ती कुमारी भट्टराई ,देव ब. मस्याङ्गी ,नन्दप्रसाद चौलागाईं र पुर्ण ब. सिजापती चयन भएका छन्। साथै निर्वाचित अध्यस्ख कार्कीले आफ्नो कार्यकाल सम्झन लाएक बनाउने बताउनु भएको छ।

































