सुर्खेत ,असोज २२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राद्यापक डाक्टर डम्बर खड्कालाई उत्कृष्ठ कार्य गरेबापत सम्मान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उत्कृष्ट कार्य गरेबापत दिएको यो सम्मान आफ्नो मात्र नभई प्रदेश सुर्खेतमा काम गर्ने सम्पूर्ण कर्मचारी प्रदेश अस्पताल परिवार र कर्णालीका जनताको सम्मान भएको प्रा.डा. खड्काको भनाई छ।
विश्व मानसिक स्वास्थ्य दिवस एवं राष्ट्रिय सेतो कोट दिवसको अबसरमा मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नगद सहित प्रसंशा पत्र र खादा ओडाएर सम्मान गर्नु भएको हो। ‘काम गर्दै जादा कहिलेकाही आफुले गरेको काम उत्कृष्ट हुने रहेछ उत्कृष्ट कामको मुल्याङ्कन गरेकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई म धन्यवाद दिन चाहान्छु । सम्मानित भइसकेपछि डाक्टर खड्काले भन्नु भयो , ‘कर्णालीमा काम गर्न असजिलो छ र यहाँ काम गर्न सकिदैन भन्ने बुझाइ भइरहेका बेला मलाई मन्त्रालयले गरेको यो प्रसंशाले झन हौसला मिलेको छ ।’
































