सुर्खेत २१ ,
नेपाली काङ्ग्रेस गुर्भाकोट नगरपालिका वडा नम्बर २ ले अपेक्षा अनुरुप काम नभएको भन्दै तिनै तहका नेतालाई निर्णय प्रतिलिपी सहित ध्यानाकर्षण पत्र बुझाएको छ । पाटिको संगठन लाई चुस्त दुरुस्त बनाइ बिगतमा तिनै तहका निर्बाचनमा पाटी एक ढिक्का भै निर्वाचनमा होमिदा ऐतिहासिक मत सहित राम्रो नतिजा प्राप्त गरेको अबगत गराउदै निर्वाचन ताका जस्तै पार्टीलाई चुस्त दुरुस्त बनाउन माग गरिएको छ । साथै हाल सम्म पनि संगठन निर्माणमा सक्रियताका साथ लागि परेको पनि पुनः जानकारी गराउदै , बिगत निर्बाचनको समयदेखि यहाँ पाटिले सम्पुर्ण गतिविधिमा सक्रिय भै रहदा र तिनै तहको निर्बाचनमा राम्रो नतिजा लिदा पनि नगर , प्रदेश र संघ बाट हाम्रा बिकासका आधारभुत कुराहरु , लगायत परिचयात्मक बिषयमा वडाबासीको अपेक्षा अनुरुप नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

साथै यहि सन्दर्भमा सुर्खेत जिल्लाको पुर्बी भागमा अबस्थित गुर्भाकोट नगरपालिका वडा नम्बर २/१ का सम्पुर्ण काङ्ग्रेसहरुको मनोकाङ्क्षालाइ इङ्गित गर्दै उक्त वडाका काङ्ग्रेस नेतृत्व हरुले पार्टीलाई अपेक्षा अनुरुप असहयोग भएको सम्बन्धमा ध्यानाकर्षण पत्र नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा सामाजिक बिकास मन्त्री खड्क बहादुर पोखरेल लाई बुझाईएको छ । ध्यानाकर्षण पत्रमा गुर्भाकोट २ का वडा सभापति युराज ढकाल सहित पदाधिकारीहरु , वडा अध्यक्ष नोख बहादुर वलि सहित वडा सदस्यहरु, केन्द्रिय महाधिवेशन प्रतिनिधि खिमानन्द ढकाल, जिल्ला सह सचीव प्रकाश डिसि, नगर कार्यसमितिका सद्स्यहरु, भातृ सस्थाहरु तथा सुभेच्छुक लगायत पाटी कार्यकर्ताहरुले पार्टीले आफ्नो वडालाइ अपेक्षा अनुरुप असहयोग गरेको भन्दै सामुहिक हस्ताक्षर गरि अबदेखी अगुवा पार्टी नेता तथा कार्यकर्ताले ध्यान नदिए कुनैपनी कार्यक्रममा संलग्नता नहुने भन्दै जिल्ला पाटी कार्यलय सुर्खेतमा एक अनौपचारिक कार्यक्रम गरि असोज २० गते ध्यानाकर्षण पत्र बुझाइएको हो ।

































