सल्यान २१ ,
सल्यान सिद्धकुमाखमा आफ्नै घरको भकारोमा मृत भेटिएकी महिलालाई आफ्नै बुहारीले हत्या गरेको पुष्टी भएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका ४ बार्खन निवासी १८ वर्षिय शर्मीला बुढाथोकी (बुहारी)ले ४९ वर्षिय गणेशी रोकालाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गत असोज १५ गते हराएकी भनिएकी मृतक गणेशी १८, असोजमा विहान सवा ८ बजेतीर आफ्नै घरको भुई तला स्थित धान राख्ने भकारोमा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता एवं ईन्सपेक्टर गोपाल श्रेष्ठका अनुसार अभियुक्त शर्मीलालाई प्रहरीले १९ असोजमा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती पाएको छ । इन्सपेक्टर श्रेष्ठको टोलीले उक्त घटनालाई शुक्ष्म रुपले अनुसन्धान गर्दा आफ्नै बुहारीले हत्या गरेको पुष्टी भएको हो ।
मृतकका छोरा अमर मामाको घरमा टिमुर टिप्न र छोरी विद्यालय गएको बेला १५, असोजको दिन दिउँसो खेतमा धान चुट्ने समयमा सासुवुहारीको विच घरायसि विषयमा विवाद भएको थियो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ सेरा माइती घर भएकी शर्मीलाले गएको बैशाखमा मृतक गणेशीको कान्छा छोरा अमर रोकासंग गएको बैशाखमा प्रेम विवाह गरेकी थिइन् । शर्मीलाले सासुको मृत्यु भएको एकिन भएपछि शवलाई उक्त घरको दक्षिण तर्फ रहेको कोठामा रहेको काठको धान राख्ने भकारोभित्र लुकाई छिपाई राखेको तथा घटना लुकाउने उद्देश्यले घटना भएको कोठामा लतपतिएको रगत समेत छिपाउन लिपपोत गरेकि थिइन् । मृतक गणेशीका श्रीमान, तीन छोरा, दुई बुहारी र एक छोरी छन् ।
































