हुम्ला २१ ,
हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना हुदा ९ जना घाइतेभएको छ । घाइते हुनेमा सिमकोट गाउँपालिका-२ का वडाध्यक्ष देवजङ बोहरा, सोही पालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष पामा लामा, धुर्ब बहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बास बहादुर भण्डारी, गाडी चालक, बच्चा सन्देश भण्डारी सहित नौ जना रहेका छन्। आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका-२ ठेहे जादै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि घाइतेको उद्वार गरि अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहराले बताउनुभयो । जिल्ला अस्पतालमा उपाचार हुन नसक्ने घाइतेहरुको थप उपचारका लागि जिल्ला बाहिर लिनका लागि हेलिकप्टरको तयारी भईरहेको छ ।
































