सुर्खेत २०,
भेरीगंगा नगरपालिका वडा नम्बर ९ मा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रमको आर्थिक सहयोग, सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरिगंगा ८ मैनतडा सुर्खेतको आयोजनामा एवम्ं भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास शाखाको प्राबिधिक सहयोगमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । भेरिगंगा नगरपालिका वडा नम्बर ६ र ९ का करिब ८७ घर धुरीका किसानले पालेका ४००० बढी पशुहरु लाई औषधि वितरण गरिएको छ ।

कार्यक्रम स्थलमा किसानले ल्यायका करिब ४००० भेडा बाख्रा तथा खसी बोका तथा गाई गोरु लाई नाम्ले तथा माटे रोग बिरुद्द जुकाको औसधि वितरण गरिएको थियो भने रेबिज भ्याक्सिन पनि लगाइएको थियो। यस्तै किसानले पालेका २०० भन्दा बढी पशु हरुलाई उनीहरुले बताएको समस्या अनुसार घरमा लैजानको लागी पनि औषधि वितरण गरिएको सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरिगंगा ८ मैनतडा सुर्खेत सह अध्यक्ष काँशीराम शर्माले जानकारी दिनु भयो।

































