सुर्खेत १८
पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ मा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ। भेरिगंगा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रमको आर्थिक सहयोग ,सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरिगंगा ८ मैनतडा सुर्खेतको आयोजनामा एवं भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास शाखाको प्राबिधिक सहयोगमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो। भेरिगंगा नगरपालिका ८ नम्बर वडाका करिब १२५ घर धुरीका किसानले पालेका ५००० बढी पशुहरु लाई औषधि वितरण गरिएको छ ।
कार्यक्रम स्थलमा किसानले ल्यायका करिब २५०० भेडा बाख्रा तथा खसी बोका तथा गाई गोरु लाई नाम्ले तथा माटे रोग बिरुद्द जुकाको औसधि वितरण गरिएको थियो भने रेबिज भ्याक्सिन पनि लगाइएको थियो। यस्तै किसानले पालेका २५०० भन्दा बढी पशु हरुलाई उनीहरुले बताएको समस्या अनुसार घरमा लैजानको लागी पनि औषधि वितरण गरिएको सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरिगंगा ८ मैनतडा सुर्खेत सह अध्यक्ष काशिराम शर्माले जानकारी दिनु भयो।

भेरिगंगा नगरपालिका नगर उप प्रमुख धनसरा बोहोरा प्रमुख अतिथि,सामुदायिक कृषि प्रसार सेवा केन्द्र भेरिगंगा ८ मैनतडा सुर्खेत सह अध्यक्ष काशिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई लगाएत शाखाका कर्मचारी,पसुपंक्षी अन्वेषण रोग प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतका भेटेरिनरी डाक्टर दिपेन्द्र श्रेष्ठ ,८ नम्बर वडा कार्यालयका वडा अध्यक्ष पुसे कामि,वडा सदस्य झुपाराम खत्री लगाएतको उपस्थितिमा पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। घर छेउमा आयर नगरपालिका लगाएत सस्थाले सेवा दिएकोमा पशुपालन कृषक खुसि भएका थिए।
































