सुर्खेत १७
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। दशैँ र तिहारको मुखमा म्याद सकिएका तथा अखाध्य बस्तु धेरै बिक्रि हुन् सक्ने अबस्थालाई मध्य नजर राख्दै गुर्भाकोटमा बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा ३८ प्रकारका म्याद सकिएका सामाग्री जफत गरिएको छ ।

अनुगमनमा खाध्य तथा किराना सामाग्री,मूल्य सुची, दैनिक उपभोग्य सामाग्रीको प्रयोग गर्ने मिति,व्यवसाय दर्ता, एवं ढक तराजुको गुणस्तरको निरीक्षण गरिएको थियो।अनुगमन टोलीले गुर्भाकोट नगरपालिकाको मुख्य बजार मेहेलकुना बजार ,भेडावारी बजार र मालारानी बजारमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ब्यबसाय दर्ता नगरेकालाई दर्ता गर्न,कर नातिरेका लाई तत्काल कर तिर्न र म्याद गुज्रिएका सामाग्रीहरु बिक्रि वितरण नगर्न सुझाव दीइएको थियो।

अनुगमनमा खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापा , गुणस्तर तथा नापतौल कार्यालय बिरेन्द्रनगर सुर्खेतका कर्मचारी ,प्रहरी चौकी मेहेलकुनाका प्रमुख सुरज रोकाय, गुर्भाकोट नगरपालिका उप प्रमुख मैना बिक, ८ नम्बर वडाका वडा अध्यक्ष किरण बिक,नगरपालिका उद्योग बिकास शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। गुर्भाकोट नगरपालिकाको बडाखोलि,गुमी तथा बोटेचौर बजारमा पनि छिट्टै अनुगमन गरिने नगरपालिकाले जनाएको छ।

































