अम्मर राजबंसी सुर्खेत १७
गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। गुर्भाकोट नगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना र वडा खेलकुद बिकास समिति को सह-आयोजनामा यहि असोज २३ देखी खुला पुरुष फुटबल प्रतियोगिता हुने वडा खेलकुद सह संयोजक हरी मगरले जानकारी दिनु भयो। उहाँका अनुसार टिम दर्ता असोज १८ गते देखि २२ गते दिउँसो सम्म सम्म हुनेछ भने खेल असोज २३ गते सुरु हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई रु ६०,००० र द्वित्तीय हुने लाई रु ३०,००० पुरस्कार सहित उत्कृष्ट खेलाडी लाई मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको छ।
































