काठमाडौं १६
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत सार्बजनिक गरेको छ। २०८० कात्तिक ७ गते बिहान १०:३७ बजे देवी विसर्जनको समय रहेको छ भने दशैंको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको हो ।
घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मंगलवार जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने जनाएका छन् । 
































