सुर्खेत , १६
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ। गुर्भाकोट नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजना एवं वडा खेलकुद बिकास समिति को सह-आयोजनामा दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको हो। खेलमा सहभागिताको लागी वडा कार्यालयको सिफारिसमा खेलाडीको नाम हुनु पर्नेछ भने कुनै पनि खेलाडी आफ्नो वडा भन्दा बाहिरको टिमबाट खेल्न पाउने छैनन्। यस्तै खेलमा गुर्भाकोट र भेरिगंगा नगरपालीकाका वडा मात्र सहभागी हुन् पाउनेछन। असोज २९ गते सम्म टिम दर्ता गर्न सकिनेछ भने दर्ता शुल्क ४००० लाग्ने छ। प्रतियोगितामा प्रथम हुनेलाई रु ५०,००० र दोस्रो हुनेलाई रु ३०,००० रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ। खेल बडाखोली ग्राउण्डमा हुनेछ भने खेल असोज २९ गते सुरु हुनेछ।
































