दिलिप ढकाल सुर्खेत असोज १४
करिब एक महिना अघि रिक्त भएको नमुना माबि बडाखोलिको बिद्यालय ब्यबस्थापन समिति गठन प्रक्रिया सुरु भएको छ। हिजो शनिवार बिद्यालयमा अभिभावक सहित भएको छलफलमा १७ जना आकांक्षी देखिएको बिद्यालय श्रोतले जनाएको छ । करिब २ घण्टा सम्म चलेको छलफलमा कुनै पनि निष्कर्ष निस्किन नसकेको बताइएको छ।
वडा अध्यक्ष गोबिन्द वली सहितको छलफलमा निस्कर्ष निस्किने सम्भावना नदेखिए पछी आगामी शुक्रवार सम्म सहमति गर्ने गराउने जिम्वेवारी वडा अध्यक्ष लिई दीइएको बिद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले जानकारी दिनु भयो। पहिला चार जना सदस्य छनोट गर्नु पर्नेमा तेहिमा पनि धेरैको आकांक्षा देखिए पछि बिब्यस छनोटको प्रक्रिया लम्बिने देखिएको छ।
































