मंसिर ८ ,सुर्खेत
मुगुमा जीप दुर्घटना दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आज बिहान मुगुको सोरु गाँउपालिका–६ सोरुकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको लु १ ज ४८१० नम्बरको जीप सोरु गाँउपालिका–८ कच्चेमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायव उपरीक्षक एवम् डिएसपी विरेन्द्र थापाका अनुसार घाइते भएका मध्ये चालकको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। जीपको व्रेकफेल हुँदा सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
































