सुर्खेत
गुर्भाकोट नगरपालिकाले नगर भित्र संचालनमा रहेको अटोरिक्सा धनीलाई आफुले चलाएको अटो नगरपालिकामा सुचिकृत गर्न अनुरोध गरेको छ। नगरपालिकाले आज एक सुचना जारि गर्दै आजको मिति (२०८०/८/६)ले एक हप्ता भित्र नगरपालिकामा सुचिकृत गर्न अनुरोध गरेको हो।

नगरको सूचनालाई अटेरी गरि हप्तादिन सम्मपनि अटोधनि नगरमा आफ्नो साधन सुचिकृत गर्न नआएमा कानुन बमोजिम कारवाही गरिने समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र ढकाल द्वारा जारि गरिएको सुचनामा उल्लेख गरिएको छ।
































