बाँके
नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोक लगाएको छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र (बिल) भारतीय भन्सारले माग गरेको हो । अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगंजस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले बताउनु भयो । राँगा दुईवटा ट्रकमा ल्याइउन लागिएको थियो । भारतस्थित पन्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको कर्णले बताउनु भयो।
































