सुर्खेत
प्रदेश स्तरीय मंसिर २० गतेदेखि हुन गइरहेको ३४ औं राष्ट्रिय पुरुष भलिबलको सल्यानमा पालिका स्तरीय छनौट खेलमा बनगाड कुपिण्डे नगरपालिका प्रथम भएको छ ।यहि मंसिर २० गते देखि २५ गते सम्म कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा संचालन हुने ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै सल्यानमा पालिका स्तरीय छनौट खेल आयोजना गरिएको थियोे ।त्यसै गरि यहि मंसिर ७ गते देखि ९ गते सम्म कर्णाली प्रदेश स्तरिय छनौट खेल आयोजना हुदै छ ।प्रदेशमा छनौटका लागि उक्त खेलमा खेलाडी छनौट प्रतियोगितामा त्रिवेणी – ६ लुहाम, सल्यानमा मिति २०८०/०८/०४ गते देखि ०६ गते सम्म आयोजना गरिएको थियोे ।छनौट खेलमा सल्यान जिल्लाका ९ ओटा पालिकाबाट टिम सहभागी भएको थिए ।उक्त खेलमा वनगाड कुपिण्डे नगरपालिकाको टिम प्रथम हुन सफल भएको छ। पालिकाकाले खेलाडीहरुलाई सम्पूर्ण खर्च व्यहाेरेकाे थियोे ।
































