मंसिर १, सुर्खेत
‘एकताबद्द वडा खेलकुदको सन्देश’ भन्ने नाराका साथ् गर्भाकोट नगरपालिका वडा नम्बर ११ मा यहि मंसिर ७ गते देखि वडा अध्यक्ष कप हुने भएको छ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राजन बिसी द्वारा हस्ताक्षरित सुचनामा ११ नम्बर वडा भित्रका बिभिन्न टोलका फुटबल तथा भलिबल खेल प्रेमीहरु लाई टिम दर्ता गरि खेलमा सहभागी हुन् अनुरोध गरिएको छ। साथै खेलाडीहरुले परिचय पत्र नागरिकता वा जन्मदर्ता अनिवार्य रुपमा ल्याउन पनि सुचनामा उल्लेख गरिएको छ। खेलप्रेमी हरुले मंसिर ४ देखि ६ गते सम्म खेलको लागी टिम दर्ता गर्न सक्नेछन। मंसिर ७ गते बिहान ११ बजे बर्मगार खेल मैदानमा खेल हुनेछ।
































