मङ्सिर १ सुर्खेत
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले प्रथम कर सप्ताह कार्यक्रम २०८० बिभिन्न कार्यक्रममा गरि मनाउने भएको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमको गरि मनाइने गुर्भाकोट नगरपालिका कार्यवाहक नगरप्रमुख मैना बिकले जानकारी दिनुभयो।

गुर्भाकोट नगरपालिका कार्यवाहक नगरप्रमुख मैना बिकको अध्यक्षतामा आज नगरपालिकामा बसेको बैठकले प्रथम साताव्यापी कर सप्ताहलाई सफल बनाउनको लागी बिभिन्न मितिमा बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो। जसअनुसार प्रचार प्रसार गर्ने,अन्तरक्रिया कार्यक्रम गर्ने ,अनुगमन गर्ने र समापन गर्ने रहेका छन्। १ गते अर्थात आज प्रथम कर सप्ताहको उद्घाटन गरिएको छ भने ,निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र ढकाल, कार्यवाहक नगर प्रमुख मैना बिक नगरपालिकाका कर्मचारीहरु सबै जसो वडामा पुगेर साताव्यापी कार्यक्रम अन्तरगत ब्यानर टाँगेर कार्यक्रमको जानकारी गराएका थिए।

यस्तै २ र ३ गते पत्रपत्रिका एवं संचार माध्यम बाट प्रचार प्रसार गर्ने ,४ र ५ गते बजार ब्यबस्थापन समिति सँग समन्वय गरि करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू गरिने ६ र ७ गते मुख्य बजार क्षेत्रमा अनुगमन गर्ने तथा ७ गते नै उत्कृष्ट कर संकलनकर्ता कर्मचारी र करदातालाई सम्मान गर्दै साताव्यापी कर सप्ताह समापन हुनेछ।

































