कार्तिक २७, सुर्खेत
तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ। गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो तर बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको छ। यसैक्रममा गुर्भाकोट नगरपालिका वडा न. २ को दलित जागरण केन्द्रले यस बर्ष पन्चेबाजागाजा सहित जातिय छुवाछूत बिनाको समाज निर्माणमा मानवले मानवलाई मानबिय ब्यवहार गरौ भन्ने मुल नाराका साथ दलित सास्कृतिक पन्चेबाजा देउसी भैलो कार्यक्रम संचालन गरेको छ!

भैली सुरुवातको उद्घाटन गुर्भाकोट २ का वडा अध्यक्ष नोख बहादुर वलिको आगन बाट सुरु भएको हो ! उद्घाटनमा तिहार पर्वको सुभकामना व्यक्त गर्दै अध्यक्ष वलिले यस वर्षको तिहारमा दलित जागरण केन्द्र बाट मौलिकता झल्कने गरि पन्चेबाजाको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्दा अझै पनि हामी मा लुकेर रहेको मौलिक प्रतिभा लाई जगेर्ना गर्नु पर्ने बताउनु भएको थियो । पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्दै गर्दा पन्चेबाजा बजाएर देउसीभैली खेल्दा आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियो !
यसैक्रममा सस्थाका वरिष्ठ सल्लाहकार खुम बहादुर बिकले कार्यक्रम लाई उद्घोषण गर्दै वडा बाट बिनियोजित रकम बाट पन्चेबाजा का सेटहरु खरिद गरि सोही सेटको सहायताले मौलिक रुपमा भैली खेल्न आएको भैली बाट उठेको रकमले बिपन्न तथा असाहय ब्याक्तीहरुका लागि सहयोग गर्ने बताउदै बाजाहरूको सामूहिक बाजा नौमती भएकाले यो पञ्चैबाजाको ठूलो रूप हो, यस्लाई हामी निरन्तरता का साथ अघि बढ्ने बताउनु भएको थियो !
देउसीभैलो खेल्नुको मुख्य उद्देश्य मौलिकता बचाउने र उठेको रकम ले बिपन्न परिवार मा सहयोग गर्ने सस्थाका अध्यक्ष कुश बहादुर दमाईले बताउनु भएको छ ! यसैक्रममा ‘भैलेनी आइन् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम’, जस्ता पुराना मौलिक गीत गाएर पुरानो संस्कृति स्मरण गराएका छन्। यी गीत गाएर देउसीभैलो खेल्दा नयाँपुस्ता आश्चर्य पर्दारहेछन्। मौलिक देउसीभैलोले तिहारमा उत्साह ल्याउँछ। कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको देखिएको छ !

हाम्रा चाडपर्वको परम्परा नै परिवर्तन हुँदै गएको छ, मुखैले गीत गाएर देउसी खेल्दाको मज्जा नै बेग्लै हुन्छ आजभोलि हाम्रा छोराछोरी कोठामा बसेर नेटमा हेर्छन्, आँगनमा खेलिएको भैलीसमेत हेर्दैनन्। हामी देखिरहेका छौ ! सांस्कृतिक र उज्यालै–उज्यालोको पर्वका रूपमा लिइने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने गर्दछ। मीठा–मीठा परिकार खाँदै देउसीभैली खेल्ने उल्लासमय पर्वका रूपमा तिहारलाई लिने गरिन्छ। गाईतिहारका दिन घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन्। जसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन गाइने तथा खेलिने गीतलाई देउसी तथा देउसीरे भन्ने गरिन्छ।
































