लक्ष्मीपुजाको दियोबाट आगो सल्किदा ६ लाख बढीको क्षति
कार्तिक २७, बाँके
लक्ष्मीपुजाको दियोबाट सल्किएको आगोले बाँकेमा एक हार्डवेयरमा पसलमा आगलागी बहेको छ। आगलागी बाट बाँकेको खजुरामा रहेको एक हार्डवेयर पसलमा आलागी भएको छ । लक्ष्मीपुजा गर्न जलाईएको दियोबाट सल्केको आगोले विष्णु वर्माले खजुरा ५ धनौलीमा संचालन गर्दै आएको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो । आगलागीबाट ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका थिए ।
































