कार्तिक २६ ,बर्दिया
बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे ।
निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले उनीहरुलाई गाेप्य सूचनाकाे आधारमा घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयाे । उनीहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
































