डि.पि. गाैतम,कार्तिक २५ कोहलपुर
गत कार्तिक १७ गते राति गएको विनासकारी भुकम्प बाट घाईते भई हाल बाँकेको भेरी अस्पतालमा उपचार गरिरहेका बिरामीको उपचारमा सहजताको लागी खजुरा गाउँपालिकाले स्वास्थ्यकर्मी खटाएको छ ।
खजुरा गाँउपालिकाले भेरी अस्पतालमा स्टाफ नर्स एकजना,सिनियर अनमि एकजना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे । यस्तै उहाँका अनुसार, जनस्वास्थ्य निरिक्षक गेहेन्द्र जैसी, बरिस्ठ अनमि बिन्दु त्रिपाठि ,बरिस्ठ अहेव बिन्दु घर्तीमगर, स्टाफ नर्स करिष्मा रावत, हेल्थ असिस्टेन्ट चन्दन भण्डारी घाइतेकाे उपचारमा निरन्तर खटिएका छन् । अधिकृत केसीका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाले भुकम्प प्रभावितलाई सहयाेग समेत गरेकाे छ ।
































