कार्तिक २४, सुर्खेत
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ मा नजिकिदै गरेको दिपावली तथा छटपर्व लाई लक्षित गरि सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गर्नु भएका गुर्भाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राजन बिसीले आर्थि बर्ष २०७९/८० वडा कार्यालयले गरेको कार्य प्रगति बिवरण प्रस्तुति गर्नु भएको थियो। उहाँले निर्वाचनमा पार्टीबाट चुनाव लडेपनि निर्वाचित भएपछी पार्टीको नभनी समग्र वडाको अध्यक्ष भएर काम गरेको दाबि गर्नु भयो।

साथै अध्यक्ष बिसीले आउदै गरेको दिपावली तथा छट पर्वलाई सभ्य र भब्य रुपमा मनाउन पनि आग्रह गर्नु भएको छ। यस्तै कार्यक्रका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य ठम्मर विस्टले आफु यहि क्षेत्रबाट निर्वाचनमा होमिएको र निर्वाचनमा पराजय भएपनि आफु सधै जनताको सेवामा समर्पित रहेको बताउनु भयो। कार्यक्रममा गुर्भाकोट १० का अध्यक्ष थमान खत्री, स्वास्थ्यकर्मी,बिद्यालयका प्रधानाध्यापक,महिला स्वास्थ्य स्वयमसेविका ,राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी, लगायतका ८० जना बढी स्थानीयको उपस्थिति रहेको थियो। वडा नम्बर ११ को वडा कार्यालयको आयोजनामा वडा कार्यालय प्राङ्गनमा सुभकामना आदानप्रदान कार्यल्क्र्मा सम्पन्न भएको हो। कार्यक्रम संचालन वडा सचिव नेत्र बिकले गर्नु भएको थियो।
































