कार्तिक २३,सुर्खेत
जाजरकोटको कालेगाउँमा फाेर्स गाडि दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज देखि रिम्ना जादै गरेको लु २ ख ६७८९ नम्बरको फाेर्स हाइस भेरी नगरपालिका – ३ कालेगाउँमा दुर्घटना भएको हो। गाडीमा चालक साहित ९ जना सवार थिए । घाईते २ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेकाे र बाकि ७ जना सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।
































