
१३ फागुन, सल्यान-
तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भई बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीमा आएकी २१ वर्षीया पुष्पा सिंह सल्लीबजार–देवस्थल नजिकै पर्ने भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएको ६ दिन बितिसक्दा पनि फेला परेकी छैनन्।
बेपत्ता पुष्पाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलदेखि करिब ५ सय मिटर तलसम्म निरन्तर खोजी गरे पनि कुनै सुराक नपरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

नदीमा फेला नपरेपछि गोताखोर टोली फिर्ता भए पनि प्रहरी र स्थानीयवासीको सहकार्यमा खोजी कार्य निरन्तर जारी रहेको प्रनाउ केसीले बताउनुभयो। उहाँका अनुसार तुलसीपुर–६ बरुवा निवासी त्रिदेव मल्लसँग पुष्पाले दुई साता अघि मात्रै विवाह गरेकी थिइन्। घटनाका दिन श्रीमान सँगै रहेका बेला भेरी पुलमा फोटो खिच्दै गर्दा पुष्पाले अचानक भेरी नदीमा हाम फालेकी थिइन्।

































