Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेत १ मा विष्णु खड्काको सङ्कल्प सार्वजनिक: बसपार्क निर्माण,सडक कालोपत्रेदेखि कृषि पकेट क्षेत्रको स्थापना सम्म व्यापक विकास एजेन्डा


सुर्खेत १ मा विष्णु खड्काको सङ्कल्प सार्वजनिक: बसपार्क निर्माण,सडक कालोपत्रेदेखि कृषि पकेट क्षेत्रको स्थापना सम्म व्यापक विकास एजेन्डा

१३ फागुन, सुर्खेत-

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले समग्र विकासको स्पष्ट रोडम्यापसहित आफ्ना चुनावी सङ्कल्प सार्वजनिक गर्नु भएको छ। पहिलो पटक प्रतिनिधि सभाका उम्मेदवारका रूपमा जनतासमक्ष प्रस्तुत हुनु भएका खड्काले काम र व्यवहारमा विश्वास गर्ने बताउँदै स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सिँचाइ–खानेपानी, भाषा–संस्कृति, पर्यटन र उद्यमशीलतासम्म फैलिएको विस्तृत कार्ययोजना अघि सार्नु भएको छ। उहाँले विगतदेखि नै क्षेत्रका विकास निर्माण र जनताका दुःख–सुखमा साथ दिएको उल्लेख गर्दै मतदाताको भरोसा पाएमा प्रतिवद्धता अनुसार नतिजामुखी काम गर्ने दृढता व्यक्त गर्नु भएको छ। खड्काले प्रस्तुत गरेका प्रमुख क्षेत्रगत सङ्कल्प यसप्रकार छन्।

स्वास्थ्यतर्फ

१. सिम्ता गाउँपालिकाको आधारभूत अस्पताललाई साधनस्रोत सम्पन्न गरिने छ।
२. चिड़्गाड गाउँपालिकामा एक आधारभूत अस्पताल निर्माण गरिने छ।
३. लेकवेशी नगरपालिकाको नगर अस्पतालको निर्माणाधीन भवन यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ।
४. भेरीगंगा नगरपालिकामा निर्माणाधीन प्रदेश सरूवा रोग अस्पताल भवनको निर्माण सम्पन्न गरी अस्पताललाई सञ्चालनमा ल्याइने छ।
५. गुर्भाकोट नगरपालिकाको सञ्चालनमा रहेको ५० बेडको अस्पताललाई सय शय्यामा विस्तार गरिने छ।
६. सबै पालिकाअन्तर्गतका अस्पताल र स्वास्थ्यचौकीहरुलाई पूर्वाधार, जनशक्ति, प्रयोगशाला र औषधीहरुको उपलब्धताका दृष्टिले सम्पन्न बनाइने छ।
७. बृद्ध, बालबालिका, अपाङ्गलगायत सीमान्तीकृत समुदायलाई निशुल्क उपचारको व्यवस्था मिलाइने छ।
८. स्वास्थ्य बिमाको प्रावधानलाई ऐन, कानुन र नीति नियममा संशोधन एवं यथेष्ट बजेट विनियोजन गर्न लगाई प्रभावकारी, पहुँचयोग्य बनाउने र त्यसको विस्तार गरिने छ।

कृषि तथा पशुपालनतर्फ

१. कृषि तथा पशुलापनलाई व्यवसायीकरण गर्ने र उद्यशीलताको महत्वपूर्ण क्षेत्र बनाई आयआर्जनको मूल आधार बनाइने छ।
२. कृषि तथा पशुपालनलाई विज्ञान र प्रविधिसँग जोडेर उत्पादनमा अभिवृद्धि गर्ने र स्वाभिमानी राष्ट्रिय अर्थतन्त्रको एक सबल माध्यम बनाइने छ।
३. कृषकलाई उन्नत बिउबिजन, कृषि औजारहरू, मल, औषधी, उन्नत जातका पशुहरू अनुदानमा उपलब्ध गराउने व्यवस्था गरिने छ।
४. कृषि तथा पशुपालन उत्पादनका लागि बजारको व्यवस्था गरिने छ।
५. अन्नबाली कम उत्पादन हुने स्थानहरुलाई माटो सुहाउँदो नगदे बाली उत्पादनमा जोड दिइने छ।
६. निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा एक शीतभण्डारको स्थापना गरिने छ।
७. कृषि पकेट क्षेत्रको स्थापना गरिने छ।
८. कृषि सहकारी कार्यक्रमहरुलाई व्यवस्थित र विस्तार गर्दी लगिने छ।

शिक्षातर्फ

१. प्रारम्भिक बालविकास एवं विद्यालयीय शिक्षामा विपन्न, दलित, भिन्न क्षमता भएका र सीमान्तीकृत समुदायका बालबालिकाको पहुँचलाई सहज र सुनिश्चित गरिने छ।
२. निर्वाचन क्षेत्रभित्रका विद्यालयहरूमा प्राविधिक एवं सिपयुक्त विषयहरुको विस्तार गरिने छ । गुर्भाकोट प्राविधिक शिक्षालयमा नर्सिङलगायत अन्य प्राविधिक विषय र कार्यक्रमहरूको विस्तार गरिने छ।
३. आवश्यकताअनुसार नयाँ विद्यालयहरुको स्थापना र सञ्चालनमा रहेको विद्यालयहरूमा विषय, तह र कार्यक्रमहरूको विस्तार गरिने छ।
४. विद्यालयहरुलाई जनशक्ति व्यवस्थापन, शिक्षण सामग्रीहरुको उपलब्धता, शिक्षणविधिहरूमा नवप्रवर्तन, शिक्षण सिकाई क्रियाकलापको प्रभावकारिता आदिका दृष्टिले समृद्ध पारिने छ।

५. सार्वजनिक निजी साझेदारीमा आवासीय विद्यालयहरुको स्थापना गरिने छ र त्यस्ता विद्यालयहरुलाई गुणस्तर प्राप्ति र सीमान्तीकृत समुदायको पहुँचका दृष्टिले नमुनाका रूपमा विकास गरिने छ।

६. नतिजामा आधारित लगानीका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिको कार्य अधि बढ़ाइने छ।
७.विद्यार्थीहरुको स्वास्थ्य र मनोविज्ञानका लागि विद्यालयहरूमा स्वास्थ्यकर्मी र परामर्शदाताहरुको व्यवस्था गरिने छ।
८. संविधानतः अनिवार्य र निशुल्क गरिएको विद्यालयीय शिक्षालाई तदनुरूप कार्यान्वयन गर्ने व्यवस्थाका लागि गम्भीर ध्यान दिइने छ।
९.निर्वाचन क्षेत्रअन्तर्गतका रामघाट, गुमी, गुर्भाकोट र सिम्तामा रहेको उच्च शिक्षण संस्था (क्याम्पस) हरुको तह र कार्यक्रम वृद्धि गर्दी लगिने छ। तिनमा व्यावसायिक र प्राविधिक शिक्षाका कार्यक्रमहरू सञ्चालनतर्फ ध्यान दिइने छ।
१०. शिक्षा क्षेत्रको पर्याप्त पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा आवश्यक बजेटको व्यवस्था गरिने छ।
११. ‘पढ़दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रूपमा अधि बढ़ाइने छ।
१२) गरिब र जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिका लागि पर्याप्त बजेटको व्यवस्थापन गरी लाभान्वित हुने सङ्ख्या वृद्धि गरिने छ।

भौतिक पूर्वाधारतर्फ

१. गंगटे-आरनटुंडा-ढाँडखेत-मटेला-थल-जाजरकोट सड़क कालोपत्रे निर्माण प्रक्रियालाई अधि बढ़ाइने छ।
२. अवलचिड-भर्जेनी-पाम्का-महेली-टिमुरकोट-भुतचोक-भुप्रा सड़क स्तरोन्नति गरिने छ।
३. मदन भण्डारी राजमार्ग औरपरका सहायक सड़कहरुलाई क्रमशः कालो पत्रे गरिने छ।
४. निर्माणाधीन दशरथपुर-डाँडागाँउ-जितेजुवा-ढाडखेत सड़क कालो पत्रे सहित सम्पन्न गरिने छ।
५. निर्माणाधीन जहरे-शिवनगर-गुमी- पातिहाल्ना-चोल्पा-राकम सड़क कालोपत्रे सहित सम्पन्न गरिने छ।
६.छिन्चु-घारीवन-बड़ाखोली-काल्वे सड़कलाई कालोपत्रे सहित सम्पन्न गरिने छ।
७. बोटेचौर-धारापानी- निकालचुला सल्यान सड़कलाई स्तरोन्नति गरिने छ।
८. गोजी-देउली-काफलकोट – गान्द्रा-रानिबास सड़क स्तरोन्नति गरिने छ।

९. गोजी – आली – दुनी – दह, गोजी – जुम्ले – अप्रैडाँडाखाली, जुगेन-सिमल गाउँ- आग्रीगाउँ – ठार – दुर्पला – गान्द्रा, बाँखर्क – गान्द्रा, रैकर – बैचपानी, भोटेचुली – दह – रानिबास, सत्तरी – मोटी – भऱ्याङ मनिराम काँडा,डल्लेखाली – पड़गालडांडा – पारेगाउँ, धरमपोखरा – अवलचिड – ढाँडखेत – जितेजुवा, फलाटे- बाँधेसाल, भिउचुला – मेहेली – टिम्मुरकोट – भुप्रा,अवलचिड – भोर्जनी – पाम्का – मेहेली, ढाँडखेत – रजेना – गोगने, छिन्चु- तोली खोला – लेख हात्तीखाल, छिञ्चु – मुरलीखोला, छिञ्चु – डुङगीखोला, हर्रे-मनिरामकाँडा, बवई-गेरवानी, रामघाट-रिडरोड, समोजीघाट- रामघाट- चिप्ले, मदानीचौर रिङरोड, मसिना रिङरोड, ठुलोजात्री रिङरोड, मालारानी गुफा सड़क, पारेगाँठ – पोखरा – थक्लेनी, महेलकुना – लेकबडाखोली कालोपत्रे र सुन्दरखाली रिडरोड, डबल सिंह मार्ग, भट्टेचौर-दहचौर, भेडाबारी- ठिडनी गाउँ, भेडाबारी-खरायचौर आपसोती, राकम ठिङ्नी-घोरेरी,सत्तरी-कालपानी सडकहरू स्तरोन्नती गरिने छ।

१०.सुर्खेत निर्वाचन क्षेत्र न.१ मा सबै पालिका र वडा अन्तर्गतका सड़कहरूमा नाली निर्माण, ग्राभल र कालेपत्रे गर्ने कार्यलाई क्रमागत रूपमा अधि बढ़ाइने छ।

११. गुर्भाकोट, भेरीगंगा, लेकवेशी नगरपालिका अन्तर्गतका स्थानहरुलाई जोडेर अधि बढ़ाइएको भेरीगंगा उपत्यका नमुना सहर गुरू योजनामुताविक निर्माण प्रक्रियालाई तीब्रतापूर्वक अधि बढ़ाइने छ।
१२. दशरथपुर-रामघाट, सत्तरी पुललगायत सड़क बाटोमा पर्ने नदी खोलाहरूमा पक्की पुल र झोलुड़े पुलहरूको निर्माण प्रक्रियालाई तदारूकताका साथ अधि बढ़ाइने छ।
१३.प्रतिनिधि सभा निर्वाचन क्षेत्रका जनतालाई पायक परने स्थानमा आवश्यकताअनुसार बसपार्कहरुको निर्माण गरिने छ।
१४.भेरीगंगास्थित छिन्चु रामघाटमा प्रादेशिक हवाई मैदान निर्माणको प्रक्रियालाई अधि बढ़ाइने छ।

१५.शिक्षा, स्वास्थ्य, सामाजिक विषयक्षेत्रका संघसंस्थाहरुमा आवश्यकताअनुसार भवनहरूको निर्माण गरिने छ।
१६.’उज्यालो निर्वाचन क्षेत्र’ बनाउनका लागि बाँकी रहेका घरधुरीमा विद्युतीकरणको प्रक्रियालाई तीव्र रूपमा अधि बढ़ाइने छ।
१७.सुर्खेत निर्वाचन क्षेत्र नं. १ भरीका नगरपालिका , गाउँपालिका तथा वडाहरूमा रहेका सबै सड़कहरू स्तरोन्नति गर्ने, निर्माण सम्पन्न गर्ने र निर्माण कार्य बाँकी रहेका सड़कहरूको निर्माण कार्य अगाडि बढ़ाउने ।
१८) आरक्षसँग जोडिएका बस्तीहरूमा बन्यजन्तुहरुलाई नियन्त्रण गर्ने खोर, जालीतारको ब्यवस्था गरी नियन्त्रण र संरक्षण गरिने छ।

सिंचाई तथा खानेपानी र विद्युतीकरण

१) भेरी करिडोर सिंचाई तथा नदी नियन्त्रण आयोजनालाई तीब्रतापूर्वक सम्पन्न गर्ने गरी कार्य अधि बढ़ाइने छ।
२) गुर्भाकोट खानेपानी आयोजना (गर्भाकोट १,२,३,४) निर्माण सम्पन्न गरी खानेपानीको धारा वितरण गरिने छ।
३)लेकवेशी खानेपानी आयोजना निर्माण सम्पन्न गरी खानेपानीको धारा वितरण गरिने छ।
४) भेरीगंगा खानेपानी आयोजना (वडा नं.३,४,१०,११ र १२) को निर्माण प्रकृया अगाडि बढ़ाइने छ।
५) गंगामाला खानेपानी आयोजना, गुर्भाकोट न.पा.(वड़ा न.७,८,१०,११,१२ २ १३) को निर्माण प्रकृया अगाडि बढ़ाइने छ।
६) गिठाखर्क, नाहागाउँ, भुम्प, ओग्ले, चिउरा, कोइराले, लामिमेला, घिमिनीघारे, बालीखोला, तामाचौर, सिंचाई योजना अधि बढ़ाइने छ। साथै औलझ्यामा, बैसपानी, जिउला, चिउरी बगर, घोरेटी, ठिग्नी, राकम, सानो भालुमारे, गजौड़ा, गामाखोला लिफ्ट सिंचाई योजनासमेत अधि बढ़ाइने छ।
७) भेरी किनाराका बस्तीहरूका हकमा भेरी लिफ्ट सिंचाई अयोजना अधि बढ़ाइने छ।
८) प्रत्येक पालिकाअन्तर्गतका नदी तथा खोलाहरूबाट त्यस ओरपरका जमिनहरूका लागि सिंचाई र खानेपानी आयोजनाहरू सञ्चालनमा ल्याइने छ। आकाशे पानीको निर्भरता क्रमशः कम गर्दै लगिने छ।

९) घोरेटा, बालीखोला, ठुलासैना, सानो भालुमारे, तामा, मुङग्रा, सिरवानी, आरुडाँडा खानेपानी तथा बाङ्गाडाला लिफ्ट खानेपानी, सहारे मालारानी धारापानी बृहत खानेपानी आयोजना अधि बढ़ाइने छ।
१०) भेरी नदी र आसपासका नदी, खोला, मुहानबाट खानेपानी आयोजनाहरू सञ्चालन गरिने छ। गार्छा खानेपानी यथाशीघ्र सम्पन्न गरिने छ।
११) सफा पिउने पानीको जनअधिकारलाई सुनिश्चित गरिने छ।
१२)लघु तथा मझौला जलविद्युत उत्पादनमा जोड दिंदै गाउँबस्ती उज्यालोको अभियान अधि बढ़ाइने छ।
१३) ग्रामीण ऊर्जाका लागि नवीकरणीय ऊर्जाको विकास गरिने छ।
१४) बाढ़ी कटान र पहिरो नियन्त्रण गर्न नदी खोलाहरूमा तटबन्धन गरिने छ।
१५) सुर्खेत निर्वाचन क्षेत्र नं. १ भरिका न.पा.,गा. पा, वडाहरूमा आवश्यकताको आधारमा सिँचाँइ-खानेपानी-तटबन्ध, पोखरी, डिप बोरिड निर्माण गरिने छ।

भाषा, संस्कृति र पर्यटनतर्फ

१. स्थानीय भाषा संस्कृतिको खोज, अध्ययन, अध्यापन, अनुसन्धान, संरक्षण र विकासको लागि एउटा कोष खडा गरिने छ। त्यसले विशेष गरी बोटे, माझी, राउटे आदि जस्ता लोपोन्मुख जातिका भाषा संस्कृतिको संरक्षण गर्ने कार्य गर्ने छ। यसका साथै बहुभाषिक बहुसांस्कृतिक विशिष्टतालाई अक्षुष्ण राख्न उक्त कोषको उपयोग गरिने छ।
२. भाषा संस्कृति भनेको पहिचानको महत्वपूर्ण आधार भएकोले स्थानीय पाठ्यक्रममा तिनको अध्ययन अध्यापन हुने व्यवस्था गरिने छ। उच्च शिक्षाको अनुसन्धानात्मक तहमा तिनको खोजअन्वेषण र संरक्षणका लागि अनुसन्धानका कार्यक्रम अधि बढ़ाउन विशेष बजेटको व्यवस्था गरिने छ।
३. भाषिक, सांस्कृतिक, जातीय र समुदायगत सद्भाव र सहयोगको वातावरण कायम गरी बहुविध रह र एकताको विशिष्ट समाज निर्माण गर्न ‘विविधतामा एकता र एकतामा ताकत’ नामक सचेतना कार्यक्रमहरू सञ्चालन गरिने छ।

४.कोटको थुम्को, मालिकाधुरी, भोटेचुली, खटाड़, गुर्भाकोट, भेरी करिडोर, गंगामाला देउती बज्यै मन्दिर, भेरी बबई डाइभर्सन, बराह डाँडा, डुमकोट सङ्ग्रालय, मन्नमकाँडा, गिद्दे डाँडा, मालधुरी डाँडा, लामीडांडा, टिम्मुरकोट,फलिकोट-भिरबाटी-पुरानी गाउँ पदमार्ग, बौद्ध गुम्बा, पोखरी भञ्ज्याङ, सिसखानी भरना, सातले गुफा, मालारानी गुफा, राम्रीकांडा दह, बागदुल्ला गुफा, चमेरे गुफा, मालिका क्षेत्र, घनघने गुराँसे छहरा, कदरे गुफा आदि प्राकृतिक, भौगोलिक धार्मिक, सांस्कृतिक क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ।
५. ‘कृषि पर्यटन’ को विकास र विस्तार गरिने छ।
६. स्थानीय उत्पादनका परिकार र घरबास (होमस्टे)का माध्यमबाट पर्यटन प्रवर्धनमा जोड दिइने छ।
७.भेरीबवई डाइभर्सनको काम सम्पन्न भएपश्चात बन्ने बिशाल ताल क्षेत्रमा पर्यटनको बिकास र बिस्तार गरिने छ।

उद्योग तथा उद्यमशीलतातर्फ

१.स्थानीय कच्चा पदार्थ, सिप, श्रम, स्रोत र प्रविधिको उपयोग गर्ने उद्योगहरूको स्थापना र सञ्चालनमा जोड दिइने छ।
२. कृषिजन्य एवं प्राकृतिक स्रोत र परम्परागत सिपको उपयोग गर्ने गरी गरिब तथा पिछड़िएका वर्ग, समुदायलाई लक्षित गर्दी लघु तथा घरेलू उद्योगको स्थापना र सञ्चालन गरिने छ।
३.वृद्धवृद्धा, असहाय, आश्रयहीन बालबालिका तथा व्यक्तिहरूका लागि आश्रयहरुको निर्माण गरी सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइने छ।
४.जनप्रतिनिधि, राष्ट्रसेवक र तिनका अङ्गहरू जनताप्रति जवाफदेही हुने, सदाचारमा रहने, निर्णय प्रक्रियामा पारदर्शिता अपनाउने र जनसहभागितालाई सुनिश्चित गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलतालाई पालना गर्ने, मानवधिकारप्रति संवेदनशील बन्ने, प्रेस स्वतन्त्रतालाई व्यवहारतः स्थापित गर्ने र कानुनी राज्यको अवधारणालाई व्यवहारिक रूपमै लागु गर्ने जस्ता प्रक्रियालाई पूरा गर्न दत्तचित्तका साथ लागेर सुशासन स्थापना गर्ने प्रयत्न गरिने छ।
५.विधवा तथा एकल महिलाका लागि शिक्षा, सिप विकास र रोजगारी सम्बन्धी कार्यक्रमहरू तिनै तहसम्म प्रभावकारी ढङ्गले लागु गरिने छ।

महँगी नियन्त्रणतर्फ

१.निर्वाचन क्षेत्र नं. १ अन्तर्गत विभिन्न स्थानलाई तिनको उर्वरता सम्भावनाको पहिचान गरी अन्न र नगदे बाली उत्पादनका पकेट क्षेत्रहरू घोषणा गरिने छ । आधुनिक कृषि प्रणाली, उन्नत बिउबिजन र पर्याप्त मलको व्यवस्थापन गरी कृषि उत्पादनको बृद्धि गरिने छ। यसलाई आत्मनिर्भर स्वावलम्बी अर्थतन्त्रको आधारका रूपमा विकास गरिने छ। उत्पादनमा स्थानीय पकेट क्षेत्रहरुलाई आत्मनिर्भर बनाउने र मूल्यवृद्धिको प्रभावलाई न्यून गर्ने कार्यलाई अधि बढ़ाइने छ।

२.वस्तुहरूको पर्याप्तता, तिनको आयात र निर्यात एवम् उपभोगको सन्तुलनलाई हमेसा मिलाएर राख्ने प्रयत्न गरिने छ। उत्पादित र आयातित वस्तुहरूको वर्चस्व, तिनको बजार मूल्य र उपभोक्ताहरूको स्वास्थ्य सम्बन्धमा बजार अनुगमनको प्रभावकारी प्रणाली लागु गरेर महड्डीलाई हमेसा नियन्त्रणमा राख्ने प्रयत्न गरिने छ ।

अन्त्यमा खड्काले सुर्खेत–१ का बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग अमूल्य मतको हार्दिक आग्रह गर्नु भएको छ। उम्मेदवार खड्का नेपाली कांग्रेस का तर्फबाट सुर्खेत जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हुनुहुन्छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In