१२ फागुन, सुर्खेत-
सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ३ स्थित धारापानी स्वास्थ्य चौकीमा निःशुल्क ग्रामीण भिडियो एक्सरे कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२–फागुन १२ गते सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत १८ जना गर्भवती आमाहरूलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको हो।

कार्यक्रममार्फत गर्भवती आमाहरूको स्वास्थ्य अवस्थाबारे आवश्यक जाँच तथा परामर्श सेवा उपलब्ध गराइएको स्वास्थ्य चौकी धारापानीले जनाएको छ। ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सहयोगी हातहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन भएको हो।

































