५ फागुन, सुर्खेत–
गुर्भाकोट नगरपालिका वडा नं. १ स्थित आधारभूत स्वास्थ्य केन्द्र, राम्रीकाँडामा आज निःशुल्क ग्रामीण भिडियो एक्सरे कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ९ जना गर्भवती आमाहरूलाई भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा प्रदान गरिनुका साथै गर्भावस्थासम्बन्धी आवश्यक स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको थियो। यस सेवाले गर्भवती आमाहरूको स्वास्थ्य अवस्थाको समयमै पहिचान गर्न सहयोग पुग्नुका साथै सुरक्षित मातृत्वतर्फ महत्वपूर्ण योगदान दिएको बताइएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सहयोगी हातहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र राम्रीकाँडाको आयोजनामा निःशुल्क ग्रामीण भिडियो एक्सरे कार्यक्रम सम्पन्न भएको हो।
































