
५ फागुन,सुर्खेत-
सवारी ज्यान सम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका एक जना प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२/११/०२ गते बिहान करिब १०:४० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित मंगलगढीबाट बाङ्गेसिमलतर्फ जाँदै गरेको भे.१ क १४१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो। उक्त दुर्घटनामा कैलाली लम्की–चुहा नगरपालिका–१० स्थायी घर भई हाल वीरेन्द्रनगर–६ बस्दै आएका ३२ वर्षीय प्रकाश महतराको मृत्यु भएको थियो।

दुर्घटनामा संलग्न भई फरार रहेका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका–४ निवासी अन्दाजी ४९ वर्षीय हस्ते सार्कीलाई खोजतलास गर्ने क्रममा २०८२/११/०४ गते अपराह्न ४ बजे सोही वडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































