२ फागुन, सुर्खेत–
गुर्भाकोट नगरपालिका, सुर्खेतमा मतदाता स्वयंसेवक अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई निर्वाचन प्रक्रिया, मतदाता शिक्षाको महत्व, मतदान विधि तथा आचारसंहिता पालनसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

अभिमुखिकरणका क्रममा मतदाता सचेतना अभिवृद्धि, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न स्वयंसेवकहरूको भूमिकाबारे समेत छलफल गरिएको थियो। कार्यक्रमले स्वयंसेवकहरूलाई जिम्मेवार र सक्रिय रूपमा समुदायमा मतदाता शिक्षाका गतिविधि सञ्चालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ। स्थानीय तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस किसिमको अभिमुखिकरण कार्यक्रमले निर्वाचन प्रक्रियामा नागरिक सहभागिता र विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

































