२० माघ,सुर्खेत-
मध्यपश्चिम विश्वविद्यालय स्थापनाको ऐतिहासिक यात्रामा महत्वपूर्ण योगदान दिएका नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सुर्खेत–१ का उम्मेदवार विष्णुबहादुर खड्का पुनः जनमतको कसीमा उभिनु भएको छ। २०६५ सालतिर मध्यपश्चिम विश्वविद्यालय स्थापना गर्ने विषयले गति लिँदा आवश्यक स्रोतसाधन जुटाउनु सबैभन्दा ठूलो चुनौती बनेको थियो। विश्वविद्यालय स्थापनाका लागि करिब १ करोड ६० लाख रुपैयाँ आवश्यक परेका बेला खड्का तत्कालीन अवस्थामा मध्यपश्चिम यातायात संघका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा संघमार्फत ५ लाख ६५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग जुटाइयो।

त्यतिमै सीमित नरही खड्काले व्यक्तिगत पहलमा थप १० लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो। सोही योगदानले विश्वविद्यालय स्थापना प्रक्रिया सहज बनेको स्थानीय अगुवा र शिक्षाविद्हरू बताउँछन्। आज हजारौँ विद्यार्थीको भविष्य निर्माणमा जुटेको मध्यपश्चिम विश्वविद्यालय पछाडि खड्काको योगदान स्मरणयोग्य रहेको उनीहरूको भनाइ छ।

शिक्षा, विकास र संस्थागत स्थायित्वका लागि निर्णायक भूमिका खेलेका खड्का लोकतन्त्र, राष्ट्रवाद र समाजवादका मूल्यलाई व्यवहारमा उतार्ने नेताको रूपमा परिचित हुनुहुन्छ। जनसेवामा आधारित उहाँको विगतलाई मूल्याङ्कन गर्दै स्थानीय मतदाताले पुनः अवसर दिनुपर्ने आवाज बलियो बन्दै गएको छ। आसन्न निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गरी विष्णुबहादुर खड्कालाई विजयी गराउन सर्वसाधारण, शुभेच्छुक र विकासप्रेमी नागरिकहरूलाई आग्रह गरिएको छ। “एक मत, उज्यालो भविष्य” भन्ने नारासहित खड्का फेरि पनि सुर्खेत–१ को समृद्ध यात्राको नेतृत्व गर्न तयार देखिनु भएको छ।
































