१९ माघ, सल्यान-
सल्यानको शारदा नगरपालिका–२ खलंगा स्थित सिँचाइ कार्यालय नजिक आज बिहान श्रीनगरबाट खलंगा तर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

जिल्लाको सल्यान शारदा नगरपालिका–६ निवासी अन्दाजी २५ वर्षीय अर्जुन डाँगीले चलाएको रा.१ ह. २१९५ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। अटोमा चालकसहित ११ जना सवार रहेकामा १० जना घाइते भएका हुन्। सबै घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।
घाइतेहरूको विवरण:
-दिपक बि.क. (३५), सिद्दकुमाख गाउँपालिका–२ — दायाँ खुट्टा, दायाँ हात र छातीमा भित्री चोट, अवस्था मध्यम।
-रेशम बहादुर नेपाली (१९), शारदा न.पा.–११ — बाँया खुट्टा र कम्मरमा भित्री चोट, अवस्था मध्यम।
-टर बहादुर रेउले (७८), सिद्दकुमाख गा.पा.–१ — टाउको र छातीमा चोट, अवस्था गम्भीर।
-संगिता बि.क. (२३), बनगाड कुपिण्डे न.पा.–९ — टाउको र अनुहारमा चोट, अवस्था सामान्य।
-दिपक बि.क. (७), संगिता बि.क.का छोरा — टाउकोमा चोट, अवस्था मध्यम।
-सृष्टि बि.क. (३), संगिता बि.क.की छोरी — अनुहार र टाउकोमा चोट, अवस्था गम्भीर।
-कृष्णा बुढाथोकी (२३), बबई गा.पा.–६ दाङ — टाउको र हातमा चोट, अवस्था सामान्य।
-स्मृति बुढाथोकी (३), कृष्णा बुढाथोकीकी छोरी — अनुहारमा चोट, अवस्था सामान्य।
-धनि सुनार (३८), सिद्दकुमाख गा.पा.–२ — टाउको र दायाँ खुट्टामा भित्री चोट, अवस्था सामान्य।
-पुष्पा सुनार (३९), सोही स्थान — अनुहारमा चोट, अवस्था सामान्य।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो।































