१८ माघ,सल्यान-
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५ वालुवाको आयोजना तथा जनता मावि दमदुवाली र लक्ष्मी मावि बालुवाको सहजीकरणमा शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ। माघ १६ गतेदेखि सुरु भएको क्षमता विकास तालिम आज सम्पन्न भएको हो। वडा भित्रका सम्पूर्ण ६ वटै सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक तथा करामचारीहरु,विद्यालय व्यवस्थपान समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरु लाई लक्षित गरि संचालन गरिएको थियो।

वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रमुख अतिथि टोप बहादुर कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको संचालन जनता मावि दमदुवालीका प्रधानाध्यापक खुमलाल पुनले गर्नु भएको थियो भने लक्ष्मी मावि बालुवाका प्रधानाध्यपाक पूर्ण बहादुर सुवेदी सभाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो। यस्तै तालिममा प्रशिक्षकको रुपमा टंक प्रसाद भण्डारी र विन्दुर केसी रहनु भएको थियो।

तालिममा कक्षा १-३ को निरन्तर मुल्यांकन,कक्षा ४-८ को आन्तरिक तथा वाह्य मुल्यांकन, अक्षराङ्कन पद्दति,IEMIS मा विद्यार्थीको मार्क इन्ट्री , शिक्षण विधि तथा प्रविधि लगाएत महत्वपुर्ण विषयमा छलफल तथा प्रशिक्षित गरिएको थियो। उक्त कार्यक्रमको समापन वडा नम्बर ५ का वडाध्यक्ष टोप बहादुर कार्कीको अध्यक्षता,गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष सन्सिलता वली डिसीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो। समापन कार्यक्रमको संचालन लक्ष्मी माविका प्रधानाध्यापक पूर्ण बहादुर सुवेदीले गर्नु भएको थियो।


कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष बेल बहादुर चन्द, वडा सदस्य,कार्यपालिका सदस्य,विद्यालयका प्रधानाध्यापक लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो। कार्यक्रममा पालिका अध्यक्ष दान बहादुर खत्रीले हामि सवै जनामा ईछ्या शक्ति भयो भने जस्तोसुकै कामलाई सहजै समाधान गर्न सक्छौँ,मन बचन र कर्ममा लागेमा र सवैले आ-आफ्नो जिम्वेवारी पुरा गरेमा सवैको हित हुने र सकारात्मक सोँचका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो। यस्तै उपाध्यक्ष सन्सिलता वली डिसीले शिक्षा क्षेत्रको विकासको लागि आफुहरुले कुनै कसर बाँकी नराख्ने सोको पुर्वाधारको बजेट समेत लाई ध्यानमा राखी पूर्वाधारको बजेटलाई समेत रकमान्त्रर गरेर शिक्षाको क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भएको थियो।






























