Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

सुर्खेतमा निर्वाचन आचारसंहिता कडाइ: उल्लंघन गरे उम्मेदवारी रद्दसम्म हुन सक्ने चेतावनी

सुर्खेतमा निर्वाचन आचारसंहिता कडाइ: उल्लंघन गरे उम्मेदवारी रद्दसम्म हुन सक्ने चेतावनी

माघ १५,सुर्खेत,

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुर्खेतमा निर्वाचन आचारसंहिताको कडाइका साथ अनुगमन थालिएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मदन मगराती र डिल बहादुर कार्कीले राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, स्वतन्त्र उम्मेदवार, पत्रकार, नागरिक समाज तथा सर्वसाधारणलाई लक्षित गर्दै आचारसंहिता पालना गर्न आग्रहसहित विस्तृत सूचना जारी गर्नु भएको छ। निर्वाचन आयोग नेपालले मिति २०८२/१०/०४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन विभिन्न गतिविधिमा स्पष्ट मापदण्ड तोकिएको छ। जिल्लामा आचारसंहिता उल्लंघनका फाटफुट घटना आएको सूचनापछि निगरानी थप कडा बनाइएको जनाइएको छ।

प्रचारको समयसीमा तोकियो:
मतदान मितिभन्दा १७ दिनअघि अर्थात २०८२/११/०४ गतेदेखि २०८२/११/१८ गते साँझ ५ बजेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने व्यवस्था गरिएको छ।

झण्डा, पोशाक र चिन्ह प्रदर्शनमा कडाइ:
जुलुस वा प्रचारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको चिन्ह अंकित टोपी, टी–सर्ट, ज्याकेट, स्टिकर, मास्क, ब्याच लगायत सामग्री प्रयोग गर्न नपाइनेछ। निजी तथा सार्वजनिक स्थानमा झण्डा, चुनाव चिन्ह, फ्लेक्स, डिजिटल बोर्ड वा ग्लोसाइन बोर्ड राख्न निषेध गरिएको छ।

बालबालिका र संवेदनशील समूह प्रयोगमा रोक:
बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गर्न नपाइनेछ भने जेष्ठ नागरिक, महिला, यौनिक तथा अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको सम्मानमा आँच पुग्ने प्रचार गर्न पनि कडाइ गरिएको छ। साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि पूर्णतः निषेध छ।

सवारी साधन र जुलुसमा सीमा:
आयोगको अनुमति लिएर बढीमा २ वटा हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ। घरदैलो कार्यक्रम गर्दा २५ जनाभन्दा बढी व्यक्ति, बाजागाजा वा झाँकीसहित जान नपाइने व्यवस्था छ। एउटै स्थान वा मार्गमा एकै समयमा फरक दलका कार्यक्रम गर्न पनि रोक लगाइएको छ।

अनलाइन र डिजिटल प्रचारमा पनि रोक:
अनलाइन वेवपेज, टिभी स्क्रोल, सपिङ मल डिस्प्ले, एटीएम सन्देश, कलसेन्टर वा सडक नाटकमार्फत प्रचार गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

आर्थिक अनुशासन अनिवार्य:
निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने, सरकारी वा गैरसरकारी निकायबाट आर्थिक सहयोग लिन नपाइने तथा धार्मिक संस्था वा समूहलाई नगद/जिन्सी वितरण गर्न निषेध गरिएको छ।

उल्लंघन गरे कडा कारबाही:
निर्वाचन आचारसंहिता उल्लंघन भएमा दफा ४८ अनुसार उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ। कुनै द्विविधा भए मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला प्रशासन कार्यालय वा प्रदेश निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। आचारसंहिता उल्लंघन देखेमा सम्बन्धित व्यक्तिले तोकिएको ढाँचामा उजुरी दिन सक्ने व्यवस्था समेत रहेको छ। निर्वाचनलाई मर्यादित, मितव्ययी र कानूनी दायराभित्र राख्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मदन मगराती र डिल बहादुर कार्कोको भनाइ छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In