८ मंसिर, सुर्खेत
‘एकताबद्द वडा खेलकुदको सन्देश’ भन्ने नाराका साथ् गर्भाकोट नगरपालिका वडा नम्बर ११ वर्मागारमा हिजो देखि सुरु भएको वडा अध्यक्ष कप अन्तरगत भएका भलिवल खेल र फुटवल खेल खेल मध्य फुटवल खेल सकियको छ। फुटवल खेलको लागी सचिवालयमा दर्ता भएका ८ वडा फुटवल टिम मध्य “वर्मागार बि” ले फुटवल तर्फको उपाधि हात पारेको छ। फाईनल खेलमा “वर्मागार बि” र लेखासुर्माले बरावर तथा दुई-दुई गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा “वर्मागार बि”ले लेखासुर्मालाई ३ गोल हानेको थियो भने लेखासुर्माले २ गोल मात्र फर्काएपछि “वर्मागार बि”ले वडा अध्यक्ष कपको उपाधि जितेको हो। जित सँगै “वर्मागार बि” नगर पन्ध्र सहित मेडल प्राप्त गरेको छ भने दोस्रो भएको लेखसुर्माले नगर ७ हजार ५ सय मेडल प्राप्त गरेको छ।

फुटवल खेलको लागी दर्ता भएका ८ वटा टिम मध्य पहिलो खेलमा लेखसुर्मा र आँपसेती बीच खेल भएको थियो , जसमा लेखसुर्माले आँपसेती लाई ४ गोल हान्दै विजयो भएको थियो। यस्तै दोस्रो खेलमा वार्मागार ए र सिमखोला बीच खेल भएको थियो जसमा सिमखोलाले २ गोल हानेपनी बाहिरि खेलाडी समावेश गरेको भन्दै वार्मागार सिधै बिजयी भएको थियो।

तेस्रो खेल वार्मागार बि र भलायदमार बिच भएको थियो जसमा वार्मागार बि ले भलायदमार लाई ५ गोल हानेको थियो भने भलायदमारले एक गोल फर्काएको थियो। चौथो खेलमा आँपगैरा ए र आँपगैरा बि खेलेका थिए,जसमा आँपगैरा ए ले आँपगैरा बि लिई ३ गोल हानेको थियो भने आँपगैरा बि ले एक गोल फर्काएको थियो। त्यसपछि सेमी फाइनलमा लेखसुर्माले र वर्मागार ए लाइ एक गोल हानेको थियो भने वर्मागार ए ले कुनै पनि गोल फर्काउन सकेन। यस्तै सेमी फाईनलको अर्को खेलमा वर्मागार बि ले आँपगैरा ए लाई ३ गोल हानेको थियो भने आनापगैरा ए ले कुनै पनि गोल फर्काउन सकेन। र अन्तत फाइनलमा लेखसुर्मा र वर्मागार बि खेलेका थिए।

































