नेपालगंज
बाँकेको नेपालगंजमा लागूऔषध सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको जिल्ला बहराईच थाना रुपैडिहा बस्ने वर्ष १९ को चाँद साह रहेका छन्। नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ हड्डी चोक नजिकै बाट प्रहरीले लागूऔषध सहित उनलाई पक्राऊ गरेको छ। इलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज बाँके बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। साहको साथबाट लुकाई राखेको २५ ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राऊ गरेको बताएको छ। । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
































