सुर्खेत
गुर्भाकोट नगरपालिकाले गत मंसिर १ गते देखि सुरु प्रत्मा कर सप्ताहको आज सातौ दिन पुगेको छ। बिभिन्न कार्यक्रम गरि प्रथम कर सप्ताह मनाउने निर्णय अनुरुप आज सातौ दिनमा नगरपालिकाले मुख्य बजार मेहेलकुना र बोटेचौरमा व्यवसाय दर्ता शिविर संचालन गरेको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र ढकालको नेतृत्वमा गएको टोलीले बोटेचौर र मेहेलकुना बजारमै बसेर व्यवसाय दर्ता तथा व्यवसाय करमा आवद्दताका लागी शिविर संचालन गरेका हुन्। नगरपालिकाले आज (७ गते ) बिहान ११ बजे शिविर संचालन हुने सम्बन्धि सुचना प्रकासित गरेको थियो।

































