सुर्खेत
कर्णाली प्रदेशमै पहिलो पटक गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं १० घर भई हाल अष्ट्रेलिया बस्दै आएका संजय पुरीलाई नागरिकता प्रदान गरेको हो। सुर्खेत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई आफै/ प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालेनै हस्तान्तरणगर्नु भएको हो ।
कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतवाट गैर आवासीय नागरिकता लिएका पुरीले लामो समयपछिको गैरआवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको बताएका छन्। उनले आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय सुर्खेत प्रति आभार ब्यक्त गदै अवका दिनमा कर्णालीमा घर भई विभिन्न देशमा रहेका गैरआवासीय नागरिकलाई नागरिकता लिन सहज हुने वताएका छन् ।
































