सुर्खेत
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले बिभिन्न कार्यक्रम गरि प्रथम कर सप्ताह मनाउने क्रममा बिभिन्न बजारका व्यवसायी तथा बजार व्यवस्थापन समितिका अध्यक्षरु सँग छलफल गरेको छ। “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० मंसिर १ देखि ७ गतेसम्म मनाउने कार्यक्रम अनतर्गत मंसिर ४ गते र ५ गते व्यवसायीहरु सँग छलफल गरिएको हो।

जस अन्तर्गत मंसिर ४ गते मेहेलकुना बजार व्यवस्थापन समिति अध्यक्ष रिमराज मल्ल लगाएत मेहेलकुना बजारमा व्यवसाय संचालन गरिरहेका व्यवसायी तथा ५ गते आज बोटेचौर बजार व्यवस्थापन समितिका अध्यक्ष नारा बहादुर सुनार लगाएत बोटेचौर बजारमा व्यवसाय संचालन गरिरहेका व्यवसायी सँग करदाता शिक्षा तथा आर्थिक ऐनमा भएका कर छुट एवं संशोधित कर कानूनको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गुर्भाकोट नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत चित्र बहादुर ढकालले जानकारी दिनु भयो। ६ र ७ गते मुख्य बजार क्षेत्रमा अनुगमन गर्ने तथा ७ गते नै उत्कृष्ट कर संकलनकर्ता कर्मचारी र करदातालाई सम्मान गर्दै साताव्यापी कर सप्ताह समापन हुनेछ।
































