सुर्खेत
कालिकोटमा बेवारिसे अवस्थामा एक पुरुषको लास भेटिएको छ। साेमबार बेलुका लास भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। कालिकोट तिलागुफा नगरपालिका- १ नाग्मागार्ड नजिकै रहेको तिला नदिमा बगि रहेको स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए। भेटिएको शब् अन्दाजी ३५/३६ वर्षको छ।

कालिकोट प्रहरीले एक विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार अचेत अवस्थामा उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको थियोे, उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ।मृतककाे लास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ। हालसम्म पनि पहिचान खुल्न सकेको छैन्। वर्ण, गहु गोरो, जूँगा पालेको, छोटो कपाल, उचाई अन्दाजी ५ फिट ३ इन्चका मृतकलाई कोहि कसैले चिनेमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
































