४ मंसिर, सुर्खेत
गुर्भाकोट नगरपालिकाले संचालनमा ल्याएको हामी अभिभावक कार्यक्रम अन्तर्गत आवासीय सुविधा लिएर नमुना माध्यमिक बिद्यालय बडाखोलीमा अध्यनरत अनाथ तथा असाहाय बिद्यार्थीहरुले दीपावली तथा छट पर्वको अवसरमा देउसी भैलो खेलेर १ लाख ३४ हजार ४ सय ८ रुपैँया जम्मा गरेका छन्। कक्षा १२ सम्म गुर्भाकोट नगरपालिकाले संचालनमा ल्याएको हामी अभिभावक कार्यक्रम अन्तर्गत पढ्न पाएपनि त्यसपछिको पढाईको लागी अक्षयकोष स्थापनार्थ माबि बडाखोलीमा अध्यनरत बिद्यार्थीहरुले देउसी भैलो खेलेका हुन् ।

गुर्भाकोट नगरपालिका भित्रका बडाखोली ,मेहेलकुना,बोटेचौर,मालारानी र गुमी बजारमा देउसी भैलो खेलेर आर्थिक संकलन गरिएको बिद्यार्थीहरुले बताएका छन्। उच्च शिक्षाको लागी आर्थिक संकलन गर्ने उदेश्यले देउसी भैलो खेलेर जम्मा भएको रकम अनाथ तथा असाहाय बालवालिकाको नाममा बाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिएको बिद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले जानकारी दिनुभयो।
































