४ मंसिर, सुर्खेत
तिहारमा देउसी भैलो खेलेर उठेको रकमलाई सल्यानमा सामाजिक कार्यमा खर्च गरिएको छ । देउसीभैलो खेलेर उठेको रकम विद्यालयको फिल्ड निर्माणमा लगाइएको हो। सल्यानको कालिमाटी गाँउपालिका वडा नम्बर ४ का ७ जना मिलेर खेलेको देउसी भैलो बाट उठेको रकम विद्यालयको फिल्ड निर्माणमा लगाइएको हो।

कालिमाटी गाँउपालिका वडा नम्बर ४ को श्री शारदा दलित आधारभूत बिद्यालयका प्रधानाध्यापक शिवलाल भट्टराई ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर डाँगी ,याङ्गलाल पुलामी,जगविर सिंजाली,लाल बहादुर रखाली,छविलाल रखाली,सुकलाल बिक र जय बहादुर डाँगी लगाएतले देउसी भैलो खेलेर उठाईएको रु २७,५०० रकम विद्यालयको फिल्ड निर्माणमा खर्च गरिएको कालिमाटी गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेल बहादुर चन्दले जानकारी दिनुभयो।

भैलो खेलेर उठेको पैसाले विद्यालयको फिल्ड निर्माण भएपछि अब बिद्यालयमा बिद्यार्थीलाई लाईन लाग्न तथा भलिवल एवं फुटवाल खेल्न र अन्य प्रतियोगीता संचालन गर्न समेत सहज हुने बिद्यालयका प्रधानाध्यापक शिवलाल भट्टराईले बताउनु भयो।
































