३ मंसिर ,बर्दिया
पाटेबाघको आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गएको छ । राजापुर नगरपालिका १० सुकुम्बासी टाेलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैकाे वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दाेर्णराज शर्माले जानकारी दिनुभयो । आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैकाे वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सिराम अर्यालले बताउनुभयो ।
































