२ मंसिर, सुर्खेत
गुर्भाकोट नगरपालिका वडा नम्बर ६ सुर्खेतको श्री तोरिबारि नमुना सामुदायिक वन उपभोक्ता समूहको १३ औ बार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार बिहान ११ बजे कार्यक्रम सुरु भएको थियो।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ कि महिला सदस्य सरीता रोकाय को प्रमुख आतिथ्यता एवं तोरीवारी नमुना सामुदायिक बनका अध्यक्ष गोबिन्द नगाल क्षेत्री अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक बर्ष ०७९/०८० को बार्षिक आम्दानी र खर्चको सामाजिक लेखापरीक्षण तथा सवालजवाफ सहित सार्वजनिक सुनुवाइ कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा आगामी दिनमा चालिने नयाँ रणनीति समूह अध्यक्षको दुरदृष्टि भिजनहरु समेत प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष गोभिन्द नागाल क्षेत्रीले यतिबेला आ ब ०८०/०८१ को लागि सामुदायिक वनले गर्ने काम र वन नविकरणमा भएको ढिलाईको बिषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

साथै उहाँले थापाचुलि सामुदायिक वन गुर्भाकोट-५ कुर्मि र तोरिवारी आवादि तर्फको सिमा विवादका कारण दुई बर्ष देखि वन नविकरण हुन नसकेको भन्दै सहमतिमै अब छिट्टै सबै काम हुने दाबि गर्नु भयो।

































