मंसिर १, सुर्खेत
गुर्भाकोट नगरपालिका वडा नम्बर ६ सुर्खेतको श्री तोरिबारि नमुना सामुदायिक वन उपभोक्ता समूहको बार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ। मंसिर २ गते अर्थात भोलि शनिबार बिहान ११ बजे कार्यक्रम हुने भएको हो। तोरिबारि नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोभिन्द नगाल क्षेत्रीले बनको १३ ओैं बार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम एकै साथ संचालन हुने जानकारी दिनुभयो। समुहमा आवद्ध सदस्यहरु लाई एक घर बाट एक जना अनिवार्य उपस्थित हुन र एकघण्टा लामो प्रश्नोत्तर कार्यक्रम रहेको हुदा आफ्ना कुनै प्रश्न वा जिज्ञासा पनि राख्न पाईने भएकाले उपस्थिति हुन् अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ।
































